काठमाडौं महानगरका विद्यालय भोलि खुल्ने, सहज भए सोमबादेखि पढाइ
काठमाडौं महानगरपालिकाभित्रका विद्यालय भोलि खुल्ने भएका छन् । तर पठनपाठन भने सोमबारदेखि मात्र हुने भएको छ ।
महानगरपालिकाको शिक्षा विभागले शनिबार एक सूचना जारी गरी आइतबारदेखि शिक्षक र कर्मचारीहरु विद्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।
तर आइतबार नै विद्यार्थीहरुलाई भने विद्यालयमा नबोलाउन भनिएको छ ।
आइतबार शिक्षक र कर्मचारी उपस्थित भएर विद्यालयको सरसफाइ गर्ने र कुनै प्रकारको क्षति देखिए महानगरपालिकालाई विवरण उपलब्ध गराउन विभागका निमित्त प्रमुख केशव ज्ञवालीले आग्रह गरेका छन् ।
त्यस्तै विद्यालयका अभिभावकसँग सम्पर्क गरेर विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेलसम्म आफ्ना बालबालिका विद्यालय ल्याउन र लैजाने काम गर्न आग्रह गर्न पनि महानगरपालिकाले भनेको छ ।
अभिभावकले विद्यार्थी ल्याउने र लैजाने जिम्मा लिएमा भदौ ३० गते सोमबारदेखि मनोसामाजिक परामर्श र अध्ययन अध्यापन गराउन महानगरपालिकाले आग्रह गरेको छ ।
अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल क्लास सञ्चालन गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ ।
भदौ २३ र २४ गते भएको आन्दोलनका कारण ५० भन्दा बढीको मृत्यु भएको छ भने सरकारी र निजी सम्पत्तिमाथि अर्बौंको क्षति भएको छ । कतिपय शिक्षालयहरु पनि तोडफोड र आगजनी भएका छन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






