3 Minute
अब मनलाग्दी गर्नुहोला भन्दै सुमनाले छाडिन् रास्वपा
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी छन् । केन्द्रीय सदस्यहरुको ग्रुपमा सन्देश लेखेर पार्टी छाडेको घोषणा गरेकी हुन् ।
उनले पार्टी नेतृत्वको कार्यशैलीमाथि चर्को असन्तुष्टि जनाएकी छन् । ‘कहिल्यै गल्ती स्वीकार नगर्ने, गल्तीमाथि गल्ती गरिरहने, त्यसको बोझ चाँहि पार्टीका सबैले बोकिदिनुपर्ने’ उनले ग्रुपमा लेखेकी छिन् ।
रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा भन्दा नेतालाई राख्न थालेपछि नै आफूले आलोचना गर्दै आएको उनले बताएकी छन् ।
तर उल्टो मिडिया ट्रायल भएको भन्दै सुमनाले लेखेकी छन्, ‘अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, I quit, मैले पार्टी छाडेँ ।’
रास्वपाका एक केन्द्रीय सदस्यले सुमनाले यस्तो सन्देश ग्रुपमा आएको पुष्टि गरे ।
प्रकाशित मिति:
आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






