3 Minute
अब मनलाग्दी गर्नुहोला भन्दै सुमनाले छाडिन् रास्वपा
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी छन् । केन्द्रीय सदस्यहरुको ग्रुपमा सन्देश लेखेर पार्टी छाडेको घोषणा गरेकी हुन् ।
उनले पार्टी नेतृत्वको कार्यशैलीमाथि चर्को असन्तुष्टि जनाएकी छन् । ‘कहिल्यै गल्ती स्वीकार नगर्ने, गल्तीमाथि गल्ती गरिरहने, त्यसको बोझ चाँहि पार्टीका सबैले बोकिदिनुपर्ने’ उनले ग्रुपमा लेखेकी छिन् ।
रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा भन्दा नेतालाई राख्न थालेपछि नै आफूले आलोचना गर्दै आएको उनले बताएकी छन् ।
तर उल्टो मिडिया ट्रायल भएको भन्दै सुमनाले लेखेकी छन्, ‘अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, I quit, मैले पार्टी छाडेँ ।’
रास्वपाका एक केन्द्रीय सदस्यले सुमनाले यस्तो सन्देश ग्रुपमा आएको पुष्टि गरे ।
प्रकाशित मिति:
आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






