आजदेखि खुल्यो सर्वोच्च अदालत, त्रिपालमुनिबाट सुरु भयो काम
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेर नष्ट भएको सर्वोच्च अदालतले आइतबारदेखि सेवा सञ्चालन गरेको छ ।
सर्वोच्च अदालतको मुख्य भवन जलेर नष्ट भए पनि त्यस भवन भन्दा दक्षिणतर्फ रहेको एनेक्स भवनमा भने क्षति भएको छैन । त्यही भवनबाट सेवा दिने सर्वोच्च अदालतको तयारी छ । तर सबै न्यायाधीश तथा कर्मचारी त्यस भवनभित्र नअटाउने भएकाले प्रांगणमा त्रिपाल पनि राखिएको छ । कतिपय कर्मचारीले त्रिपालमुनिबाट काम सुरु गरेका छन् ।
आइतबारदेखि बन्दी प्रत्यक्षीकरण रिटको दर्ता सुरु गरेको प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । उनका अनुसार अरु मुद्दाको भने अहिले सुनुवाइ हुँदैन ।
आगलागीमा जलेर कति फाइलहरु नष्ट भए भन्नेबारे अहिलेसम्म कुनै लेखाजोखा छैन । भदौ २५ गते युवा कानुन व्यवसायी र सर्वसाधारणले आगलागी भएको भवनबाट कागजातहरु झिकेर सुरक्षित ठाउँमा सारेका थिए ।
प्रवक्ता अर्जुन कोइरालाका अनुसार क्षतिको मूल्यांकनको काम सुरु भएको छ । सर्वोच्चले एक सूचना जारी गरेर लुटपाट भएका सामग्री भेटिएमा बुझाइदिन अपिल गरेको छ ।
अदालतमा पेशी/तारेख बुझ्ने मिति आएकाहरुले अदालत खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र सम्पर्क गर्न सक्नेछन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






