गोबिन्द केसीले भने–म मन्त्री बन्दिन, मेरो नाम नराख्नुस्
डा. गोबिन्द केसीले आफूलाई मन्त्रीको दावेदारको सूचीमा नराख्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत डा. केसीले नयाँ सरकारमा मन्त्रीहरू छान्न केही समूहले अनलाइन मतदान गरिरहेको भन्ने जानकारीमा आएको भन्दै भोटिङबाट आफ्नो नाम हटाउन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘कुनै पनि पद तथा ओहोदामा मेरो न पहिला आकांक्षा थियो, न अहिले छ र न भविष्यमा नै हुनेछ ।’
उनले नव युवा पुस्ताको आन्दोलनको सकिएपछि गठन भएको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिले संक्रमणकाललाई तार्किक निष्कर्षमा पु¥याउने अपेक्षा व्यक्त गरेका छन् ।
सुझबुझका साथ नव नियुक्त प्रधानमन्त्रीले योग्य व्यक्तिहरूको चयन गर्ने अपेक्षा उनले गरेका छन् । सरकारलाई आफू र आफ्नो अभियानको सहयोग रहेन पनि प्रतिबद्धता जनाएका छन् ।
उनले भनेका छन्,‘म आफैँ विगत लामो समयदेखि आम नेपालीको हकहित र विधिको शासनका लागि लड्दै आएको परिप्रेक्ष्यमा देशमा व्याप्त बेथितिको मारले विक्षिप्त नव–युवा पुस्ताबाट नागरिक अधिकारका लागि स्वतःस्फूर्तरूपमा उठेका आवाजप्रति मेरो पूर्ण समानुभूति र ऐक्यबद्धता छ भन्ने प्रतिबद्ता पुनः दोहो¥याउँछु ।’
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



