नेभिगेशन
3 Minute

गोबिन्द केसीले भने–म मन्त्री बन्दिन, मेरो नाम नराख्नुस्  

डा. गोबिन्द केसीले आफूलाई मन्त्रीको दावेदारको सूचीमा नराख्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत डा. केसीले नयाँ सरकारमा मन्त्रीहरू छान्न केही समूहले अनलाइन मतदान गरिरहेको भन्ने जानकारीमा आएको भन्दै भोटिङबाट आफ्नो नाम हटाउन आग्रह गरेका छन् । 

उनले भनेका छन्, ‘कुनै पनि पद तथा ओहोदामा मेरो न पहिला आकांक्षा थियो, न अहिले छ र न भविष्यमा नै हुनेछ ।’

उनले नव युवा पुस्ताको आन्दोलनको सकिएपछि गठन भएको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिले संक्रमणकाललाई तार्किक निष्कर्षमा पु¥याउने अपेक्षा व्यक्त गरेका छन् । 

सुझबुझका साथ नव नियुक्त प्रधानमन्त्रीले योग्य व्यक्तिहरूको चयन गर्ने अपेक्षा उनले गरेका छन् । सरकारलाई आफू र आफ्नो अभियानको सहयोग रहेन पनि प्रतिबद्धता जनाएका छन् । 

उनले भनेका छन्,‘म आफैँ विगत लामो समयदेखि आम नेपालीको हकहित र विधिको शासनका लागि लड्दै आएको परिप्रेक्ष्यमा देशमा व्याप्त बेथितिको मारले विक्षिप्त नव–युवा पुस्ताबाट नागरिक अधिकारका लागि स्वतःस्फूर्तरूपमा  उठेका आवाजप्रति मेरो पूर्ण समानुभूति र ऐक्यबद्धता छ भन्ने प्रतिबद्ता पुनः दोहो¥याउँछु ।’  
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute