म नेपाली नै हो, मेरो प्रतिष्ठामाथि प्रहार भयो : सुदन गुरुङ
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफ्नो प्रतिष्ठामाथि प्रहार नगर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो राष्ट्रियताका विषयमा प्रश्न उठेको भन्दै उनले आफू नेपाली नै रहेको बताए ।
आइतबार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो प्रतिष्ठामाथि प्रहार भएको भन्दै चित्त दुखाए ।
‘म नेपालको छोरो हो, मलाई भारतीय भन्ने काम नगर्नुहोला, कुनै मिडिया, कुनै व्यक्तिले मेरो प्रतिष्ठा र डिग्निटीमा प्रहार गर्ने काम नगर्नु होला । म एउटा मात्र झण्डाको मुनि छु, त्यो मेरो देशको झण्डा हो’, उनले पत्रकार सम्मेलनमा भने ।
गुरुङ जेनजी पुस्ताको नभएको विषयमा पनि सामाजिक सञ्जालमा प्रश्न उठेको छ । गुरुङले भने आफूलाई धेरैवटा जेनजी ग्रुपहरुले आग्रह गरेकाले राष्ट्रपतिसँग वार्ता गर्न गएको बताए ।
जेनजी युवाहरुले नेपाली सेनाको मुख्यालयमा आफूलाई नै प्रतिनिधिका रुपमा छनोट गरेको उनले बताए । फेरि आफूले कुनै पनि निकायमा एक्लै वार्ता नगरेको गुरुङले बताए ।
जेनजीको माग अनुसार संसद बिघटन र नयाँ प्रधानमन्त्री चयन भए पनि आन्दोलनका मृतक र घाइतेहरुको विषयमा अझै धेरै काम गर्न बाँकी रहेको गुरुङले बताए ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






