म नेपाली नै हो, मेरो प्रतिष्ठामाथि प्रहार भयो : सुदन गुरुङ
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफ्नो प्रतिष्ठामाथि प्रहार नगर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो राष्ट्रियताका विषयमा प्रश्न उठेको भन्दै उनले आफू नेपाली नै रहेको बताए ।
आइतबार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो प्रतिष्ठामाथि प्रहार भएको भन्दै चित्त दुखाए ।
‘म नेपालको छोरो हो, मलाई भारतीय भन्ने काम नगर्नुहोला, कुनै मिडिया, कुनै व्यक्तिले मेरो प्रतिष्ठा र डिग्निटीमा प्रहार गर्ने काम नगर्नु होला । म एउटा मात्र झण्डाको मुनि छु, त्यो मेरो देशको झण्डा हो’, उनले पत्रकार सम्मेलनमा भने ।
गुरुङ जेनजी पुस्ताको नभएको विषयमा पनि सामाजिक सञ्जालमा प्रश्न उठेको छ । गुरुङले भने आफूलाई धेरैवटा जेनजी ग्रुपहरुले आग्रह गरेकाले राष्ट्रपतिसँग वार्ता गर्न गएको बताए ।
जेनजी युवाहरुले नेपाली सेनाको मुख्यालयमा आफूलाई नै प्रतिनिधिका रुपमा छनोट गरेको उनले बताए । फेरि आफूले कुनै पनि निकायमा एक्लै वार्ता नगरेको गुरुङले बताए ।
जेनजीको माग अनुसार संसद बिघटन र नयाँ प्रधानमन्त्री चयन भए पनि आन्दोलनका मृतक र घाइतेहरुको विषयमा अझै धेरै काम गर्न बाँकी रहेको गुरुङले बताए ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






