वेष्टइन्डिजसँगको सिरिजका लागि नेपाली टिम घोषणा, आदिल आलम पनि परे
वेष्टइन्डिजसँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिम घोषणा गरेको छ । युएईको सारजहाँमा असोज ११ गते सुरु हुने सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा टिम घोषणा गरेको हो ।
टिममा मोहम्मद आदिल आलम पनि समावेश छन् । अष्ट्रेलिया टूरमा रहेका भीम सार्की, रुपेश सिंह र रिजन ढकाल ड्रप भएका छन् । त्यही बेला भारत टूरमा गएको नेपाल एमा राम्रो प्रदर्शन गरेका सन्दीप जोरा र आदिल आलम भने टिममा परेका हुन् । आमाको निधनका कारण अष्ट्रेलिया टूरमा छुटेका ललित राजवंशी फेरि टिममा फर्किएका छन् । त्यो बेला उनको स्थानमा गएका साहब आलमले निरन्तरता पाएका छन् ।
नेपालले युएईको सारजहाँमा असोज ११, १३ र १४ गते वेष्ट इन्डिजसँग ३ खेलको टी–२० सिरिज खेल्नेछ ।
नेपाली टिम : रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, मोहम्मद आदिल आलम, आरिफ सेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम ।

सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



