वेष्टइन्डिजसँगको सिरिजका लागि नेपाली टिम घोषणा, आदिल आलम पनि परे
वेष्टइन्डिजसँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिम घोषणा गरेको छ । युएईको सारजहाँमा असोज ११ गते सुरु हुने सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा टिम घोषणा गरेको हो ।
टिममा मोहम्मद आदिल आलम पनि समावेश छन् । अष्ट्रेलिया टूरमा रहेका भीम सार्की, रुपेश सिंह र रिजन ढकाल ड्रप भएका छन् । त्यही बेला भारत टूरमा गएको नेपाल एमा राम्रो प्रदर्शन गरेका सन्दीप जोरा र आदिल आलम भने टिममा परेका हुन् । आमाको निधनका कारण अष्ट्रेलिया टूरमा छुटेका ललित राजवंशी फेरि टिममा फर्किएका छन् । त्यो बेला उनको स्थानमा गएका साहब आलमले निरन्तरता पाएका छन् ।
नेपालले युएईको सारजहाँमा असोज ११, १३ र १४ गते वेष्ट इन्डिजसँग ३ खेलको टी–२० सिरिज खेल्नेछ ।
नेपाली टिम : रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, मोहम्मद आदिल आलम, आरिफ सेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम ।

रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






