जेन–जी आन्दोलन दमनको छानबिन गर्न न्यायिक आयोग बनाउने निर्णय
सरकारले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मृतकहरूको राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ । उनीहरुलाई राष्ट्रिय झण्डा ओढाउने निर्णय भएको छ ।
असोज १ गते शोक दिवश बनाउने र सार्वजनिक विदा दिने निर्णय भएको छ ।
सरकारले जेन–जी आन्दोलनमा भएको दमन र घुसपैठबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ । आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
उनले पूर्वन्यायाधिशको नेतृत्वमा आयोग बन्ने र अर्को मन्त्रिपरिषदले जिम्मेवारी तोक्ने बताए । यस्तै बैठकले जेनजी आन्दोलनको सहीदहरुको स्मृतिमा जेनजी सहादत स्मरण पार्क बनाउने निर्णय पनि गरेको छ ।
बैठकले आन्दोलनमा ज्यान गुमाएकाहरुका परिवारलाई मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र ५ लाख अन्य खर्च दिने निर्णय पनि गरेको छ । शब लैजान निःशुल्क सवारी सवारी साधन उपलब्ध गराउने समेत निर्णय भएको छ । दुर्गममा शब लैजान परे निःशुल्क हेलिकोप्टरको व्यवस्था समेत गरिने भएको छ ।
घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय समेत भएको छ । बैठकले यसअघिको सरकारको मन्त्रिपरिषदमा आएका प्रस्तावहरु मन्त्रिपरिषदबाट सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय पनि गरेको छ ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






