3 Minute
बागमती प्रदेशसभाका सभामुखले दिए राजीनामा
बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले राजीनामा दिएका छन् । उनले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।
भ्रष्टाचार र सुशासनको पक्षमा जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले अति बल प्रयोग गर्दा धेरै नेपालीले अनाहकमा ज्यान गुमाएकाले आफू भावविह्वल भएको उनले बताएका छन् ।
‘राष्ट्र रोएका बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्मामा लाग्यो’, उनले भनेका छन् । पाठकले यसअघि भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए । बुधबार भने औपचारिक रुपमा उपसभामुखलाई राजीनामा बुझाएका हुन् ।
पाठकले धेरै युवाले ज्यान गुमाएको र देशका सम्पदा जलेर खरानी भएका बेला आफूलाई पदमा बस्न मन नलागेको बताए ।
हेर्नुहोस् पत्र

प्रकाशित मिति:
बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






