3 Minute
बागमती प्रदेशसभाका सभामुखले दिए राजीनामा
बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले राजीनामा दिएका छन् । उनले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।
भ्रष्टाचार र सुशासनको पक्षमा जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले अति बल प्रयोग गर्दा धेरै नेपालीले अनाहकमा ज्यान गुमाएकाले आफू भावविह्वल भएको उनले बताएका छन् ।
‘राष्ट्र रोएका बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्मामा लाग्यो’, उनले भनेका छन् । पाठकले यसअघि भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए । बुधबार भने औपचारिक रुपमा उपसभामुखलाई राजीनामा बुझाएका हुन् ।
पाठकले धेरै युवाले ज्यान गुमाएको र देशका सम्पदा जलेर खरानी भएका बेला आफूलाई पदमा बस्न मन नलागेको बताए ।
हेर्नुहोस् पत्र

प्रकाशित मिति:
बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






