सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द
भदौ २३ र २४ जेनजी आन्दोलनपछि पहिलोपटक खुलेको सेयर बजारमा ठूलो पहिरो गएको छ । बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लाग्यो ।
त्योसँगै बिहीबारको कारोबार स्थगित भएको छ । सर्किट लाग्दै बजार ६ प्रतिशतले घटेपछि पूरा दिन कारोबार नहुँदै बन्द भयो ।
कारोबार खुलेको पहिलो बजार ४ प्रतिशत घट्दै सर्किट ब्रोक लाग्यो । त्यसको २० मिनेटपछि खुलेको बजार १ मिनेटमै १ प्रतिशतले घटेपछि दोस्रो सर्किट ब्रेक लाग्यो ।
११ः२३ बजेसम्म नै नेप्से परिसूचक ५ प्रतिशतले घटिसकेको थियो ।
बन्द भएको बजार ४० मिनेटपछि फेरि खुल्यो । फेरि बजार १ प्रतिशत घटेसँगै आजको कारोबार बन्द भयो ।
नेप्से एकैदिन १६० अंकले घटेको छ । बजार २५११ मा कायम भएर बन्द भएको छ । ४ मिनेट मात्रै कारोबार हुँदा बजारमा ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको थियो ।
कारोबारमा २१७ कम्पनीले गुमाए । ७ वटा कम्पनीको सेयर मात्रै हरियो बसे ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






