सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द
                                                                    
                                
                            भदौ २३ र २४ जेनजी आन्दोलनपछि पहिलोपटक खुलेको सेयर बजारमा ठूलो पहिरो गएको छ । बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लाग्यो । 
त्योसँगै बिहीबारको कारोबार स्थगित भएको छ । सर्किट लाग्दै बजार ६ प्रतिशतले घटेपछि पूरा दिन कारोबार नहुँदै बन्द भयो । 
कारोबार खुलेको पहिलो बजार ४ प्रतिशत घट्दै सर्किट ब्रोक लाग्यो । त्यसको २० मिनेटपछि खुलेको बजार १ मिनेटमै १ प्रतिशतले घटेपछि दोस्रो सर्किट ब्रेक लाग्यो ।
११ः२३ बजेसम्म नै नेप्से परिसूचक ५ प्रतिशतले घटिसकेको थियो । 
बन्द भएको बजार ४० मिनेटपछि फेरि खुल्यो । फेरि बजार १ प्रतिशत घटेसँगै आजको कारोबार बन्द भयो । 
नेप्से एकैदिन १६० अंकले घटेको छ । बजार २५११ मा कायम भएर बन्द भएको छ । ४ मिनेट मात्रै कारोबार हुँदा बजारमा ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको थियो । 
कारोबारमा २१७ कम्पनीले गुमाए । ७ वटा कम्पनीको सेयर मात्रै हरियो बसे ।
                                                    रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
                                                    को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
                                                    रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
                                                    Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
                                                    मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
                                                    
                    

-1761836913.jpg)






