संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने
मधेश केन्द्रित दलहरुको गठबन्धन संघीय लोकतान्त्रिक मोर्चाले संविधान दिवश असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मोर्चाको बैठकले आफूहरुको विरोध र मधेश आन्दोलनकै बीच संविधान जारी भएकाले विरोधका कार्यक्रम गरी कालो दिनका रुपमा मनाउने निर्णय गरेको हो । मधेश केन्द्रित दलहरुले २०७२ सालमा संविधान जारी भएदेखि नै संविधान दिवशलाई कालो दिनको रुपमा मनाउँदै आएका छन् ।
मोर्चाका केन्द्रीय सचिवालय संयोजक शिवजी यादवका अनुसार मोर्चाको बैठकले जेनजी आन्दोलनपति गठन भएको सरकारलाई समानुपातिक समावेशी व्यवस्था कायम राख्न आग्रह गरेको छ । कुनै पनि आन्दोलनको नाममा लामो संघर्ष र शहादतपश्चात प्राप्त लोकतान्त्रिक गणतन्त्र र मौलिक अधिकार लगायत जनताको अग्रगामी अधिकार कमजोर बनाउन नहुने मोर्चाको धारणा छ ।
मोर्चाले जेनजी पुस्ताको आन्दोलनका क्रममा नेताहरु राजेन्द्र महतो, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, शरतसिंह भण्डारी, निर्जला राउत र लालबाबु राउतको घर तथा फ्याक्ट्री तोडफोड भएको बताएको छ ।
त्यस्तै व्यवसायीहरु उपेन्द्र महतो, विनोद चौधरी, बसन्त चौधरी, मीनबहादुर गुरुङ, गोल्यान हाउस गोल्छा हाउस जस्ता व्यक्ति र संस्थाको घर तथा व्यवसायमा पुगेको क्षतिको छानबिन गरी दोषीलाई कारबाही गर्न पनि मोर्चाले माग गरेको छ ।
हेर्नुहोस् मोर्चाको विज्ञप्ति

रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






