संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने
मधेश केन्द्रित दलहरुको गठबन्धन संघीय लोकतान्त्रिक मोर्चाले संविधान दिवश असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मोर्चाको बैठकले आफूहरुको विरोध र मधेश आन्दोलनकै बीच संविधान जारी भएकाले विरोधका कार्यक्रम गरी कालो दिनका रुपमा मनाउने निर्णय गरेको हो । मधेश केन्द्रित दलहरुले २०७२ सालमा संविधान जारी भएदेखि नै संविधान दिवशलाई कालो दिनको रुपमा मनाउँदै आएका छन् ।
मोर्चाका केन्द्रीय सचिवालय संयोजक शिवजी यादवका अनुसार मोर्चाको बैठकले जेनजी आन्दोलनपति गठन भएको सरकारलाई समानुपातिक समावेशी व्यवस्था कायम राख्न आग्रह गरेको छ । कुनै पनि आन्दोलनको नाममा लामो संघर्ष र शहादतपश्चात प्राप्त लोकतान्त्रिक गणतन्त्र र मौलिक अधिकार लगायत जनताको अग्रगामी अधिकार कमजोर बनाउन नहुने मोर्चाको धारणा छ ।
मोर्चाले जेनजी पुस्ताको आन्दोलनका क्रममा नेताहरु राजेन्द्र महतो, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, शरतसिंह भण्डारी, निर्जला राउत र लालबाबु राउतको घर तथा फ्याक्ट्री तोडफोड भएको बताएको छ ।
त्यस्तै व्यवसायीहरु उपेन्द्र महतो, विनोद चौधरी, बसन्त चौधरी, मीनबहादुर गुरुङ, गोल्यान हाउस गोल्छा हाउस जस्ता व्यक्ति र संस्थाको घर तथा व्यवसायमा पुगेको क्षतिको छानबिन गरी दोषीलाई कारबाही गर्न पनि मोर्चाले माग गरेको छ ।
हेर्नुहोस् मोर्चाको विज्ञप्ति

रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






