अमेरिकाको एच–१ बी भिसा कार्यक्रममा व्यापक हेरफेर
५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१ बी भिसा कार्यक्रममा व्यापक हेरफेरको घोषणा गरेका छन् ।
यसलाई एच–१ बी भिसा कार्यक्रमलाई समाप्त पार्ने कदमका रुपमा हेरिएको छ । किनकी अब एच–१ बी भिसा आवेदकले अमेरिकी सरकारलाई एक लाख डलर अर्थात करिव एक करोड ४० लाख शुल्क तिर्नुपर्छ ।
यो रकम एच–१ बी बाहकले औषत बार्षिक तलबभन्दा धेरै बढी हो ।
अमेरिकाले दक्ष कामदारहरुलाई लक्षित गरेर सन् १९९० मा एच–१ बी भिसा कार्यक्रम सुरु गरेको थियो ।
यो भिसाका लागि त्यसबेला मात्र आवेदन दिन सकिन्छ, जब अमेरिकी कम्पनी वा संस्थानबाट जागिरका लागि अफर आउँछ ।
यस्तो भिसा आम रुपमा तीन वर्षका लागि दिइन्छ, तर ६ वर्षसम्म बढाउन सकिन्छ ।
सन् २००४ देखि हरेक वर्ष ८५ हजारसम्मलाई एच–१ बी भिसा दिने गरिएको थियो । अमेरिकाको एच–१ बी भिसा कार्यक्रमबाट सबभन्दा धेरै लाभ भारतीयहरुले लिएका थिए ।
तर यूएस सिटीजनशीप एण्ड इमीग्रेशन सर्भिसेज (यूएससीआईएस) ले शनिबार राति वक्तव्य जारी गर्दै राष्ट्रपति ट्रम्पले एच–१ बी भिसा कार्यक्रममा ठूलो परिर्वतन गरेको जानकारी दिएको छ । र, परिवर्तित नियमहरु २१ सेप्टेम्बर २०२५ बाट लागू हुने बताएको छ ।
एक लाख डलर शुल्क नयाँ आवेदकले मात्र तिर्नुपर्ने हो वा अहिले यो भिसा पाइसकेकाहरुले पनि हो भन्ने प्रष्ट नभएकाले खैलाबैला मच्चियो ।
अमेरिकाका इमीग्रेसन विज्ञ र कर्पोरेट अधिकारीहरुले पनि आदेशको अपष्ट शब्दावलीमा चिन्ता व्यक्त गरेका छन् ।
बाशिङटन पोष्टको एउटा समाचारमा भनिएको छ, ‘अहिले यो भिसा पाएकाहरुले एक लाख डलर शुल्क तिरेनन् भने अमेरिका प्रवेशको अनुमति नपाउने त हो इन भनेर कयौं कम्पनी डराएका थिए ।'
त्यसपछि ह्वाइट हाउसले स्पष्टीकरण थियो ।
उसका अनुसार नयाँ नियम भिसा बाहकहरुका हकमा लागू हुने छैन र, उनीहरुको अमेरिका आउजाउ प्रभावित हुने छैन ।
साथै एक लाख डलर शुल्क एकमुष्ट हो, बार्षिक रुपमा बुझाउनु पर्दैन ।
न्यूयोर्क टाइम्समा छापिएको समाचार अनुसार यो नीतिका कारण कम्पनीहरु घरेलु श्रमिकलाई प्राथमिकता दिने ह्वाइट हाउसको विश्वास छ ।
ट्रम्पलाई भेनेजुयलाजस्तो सजिलो छैन इरान
हाइ स्पिड रेलमा चीनको असाधारण प्रगति
अमेरिकाले मदुरोलाई बेडरुमबाटै उठाउनुको रहस्य
५ लाख सापट लिएर ब्यापार सुरु गरेका डांगोटे कसरी बने अफ्रिकाकै धनी ?
इमरानलाई महंगो पर्यो सेनासँगको लडाईं, मुनिरले लिइरहेका छन् बदला









