नेभिगेशन
3 Minute

बालेनलाई रास्वपामा रविपछिको वरियता

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरियताको नेता रहने भएका छन् । 

आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहबीच ७ बुँदे सहमति भएको छ । उक्त सहमतिमा बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, झण्डा र चुनाव चिह्न सबै स्वीकार गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने भनिएको छ । 

यद्यपि सहमतिमा बालेन शाहको पद र जिम्मेवारीबारे कुनै उल्लेख छैन । रास्वपा र बालेन शाहबीच सहमतिको वातावरण बनाउन सक्रिय नेता शिशिर खनालका अनुसार बालेन रास्वपामा रवि लामिछानेपछिको वरियतामा रहनेछन् ।

बालेन शाह कुनै शर्त नराखी रास्वपामा आएको तर रास्वपाले भावी प्रधानमन्त्रीका उम्मेदवार बनाइसकेकाले दोस्रो वरियता दिने समझदारी भएको खनालले बताए । 

उनका अनुसार रास्वपा र बालेनबीचको सहमतिलाई रास्वपाको बैठकले अनुमोदन गर्नेछ । 

बालेनको वरियताका विषयमा पार्टीका दुबै उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेले पनि स्वीकार गरेको खनालको भनाइ छ ।

‘यसमा उपसभापतिज्यूहरुको पनि असहमति छैन, हस्ताक्षर कार्यक्रममा उहाँहरु पनि उपस्थित हुनुहुुन्थ्यो’, उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute