बालेनलाई रास्वपामा रविपछिको वरियता
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरियताको नेता रहने भएका छन् ।
आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहबीच ७ बुँदे सहमति भएको छ । उक्त सहमतिमा बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, झण्डा र चुनाव चिह्न सबै स्वीकार गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने भनिएको छ ।
यद्यपि सहमतिमा बालेन शाहको पद र जिम्मेवारीबारे कुनै उल्लेख छैन । रास्वपा र बालेन शाहबीच सहमतिको वातावरण बनाउन सक्रिय नेता शिशिर खनालका अनुसार बालेन रास्वपामा रवि लामिछानेपछिको वरियतामा रहनेछन् ।
बालेन शाह कुनै शर्त नराखी रास्वपामा आएको तर रास्वपाले भावी प्रधानमन्त्रीका उम्मेदवार बनाइसकेकाले दोस्रो वरियता दिने समझदारी भएको खनालले बताए ।
उनका अनुसार रास्वपा र बालेनबीचको सहमतिलाई रास्वपाको बैठकले अनुमोदन गर्नेछ ।
बालेनको वरियताका विषयमा पार्टीका दुबै उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेले पनि स्वीकार गरेको खनालको भनाइ छ ।
‘यसमा उपसभापतिज्यूहरुको पनि असहमति छैन, हस्ताक्षर कार्यक्रममा उहाँहरु पनि उपस्थित हुनुहुुन्थ्यो’, उनले भने ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



