कुलमानले भने – देशको हितका लागि जुनसुकै जिम्मेवारी लिन तयार छु
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले देशको हितका लागि कुनै पनि जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो भनाइ लिखित रुपमा राखे ।
त्यस क्रममा उनले आफू जनताको सेवाप्रति समर्पित रहने बताएका छन् । ‘मेरो प्रतिवद्धता सधैं जनताको सेवाप्रति समर्पित रहनेछ । राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।’
त्यस क्रममा पत्रकारहरुले उनलाई अब राजनीतिमा आउने हो भनेर प्रश्न गरेका थिए । जवाफमा कुलमानले देशको हितका लागि आफू जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताए ।
डेडिकेटेड र ट्रंकलाइनको विद्युत वक्यौता लाइन काटेर उठाउन अनुमति दिन आफूले विद्युत नियमन आयोगलाई पत्र लेखेपछि आफूलाई हटाइएको कुलमानले बताएका छन् ।
उनले अब विद्युत वक्यौता उठाउन जनस्तरबाट दबाब दिनुपर्ने पनि बताएका छन् ।
हेर्नुहोस् कुलमानको वक्तव्य
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








