अघिल्लो दिन अध्यक्षविरुद्ध विज्ञप्ति निकाले, भोलिपल्ट कारबाहीमा परे
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेका छन् ।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले शुक्रबार विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनले गिरीलाई पदमुक्त गरेको जानकारी दिएका छन् ।
बिहीबार मात्र वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री धवलशमशेर राणा, महामन्त्री कुन्तीकुमारी शाही र उपाध्यक्ष गिरीले पार्टी अध्यक्ष लिङ्देनलाई विधान अनुसार चल्न आग्रह गर्दै वक्तव्य निकालेका थिए ।
उनीहरुले नवराज सुवेदीलाई अनुशासन आयोगको अध्यक्ष र सगुन लावतीलाई प्रवक्ताबाट निष्कासन गर्नु विधान विपरीत भएको बताएका थिए ।
यसरी विज्ञप्ति निकालेको भोलिपल्टै उपाध्यक्ष गिरी कारबाहीमा परेका हुन् ।
सुर्खेतका गिरी २०७८ मंसिरमा भएको महाधिवेशनमा केन्द्रीय सदस्यमा पनि चुनाव लडेका थिएनन् । लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि गिरीलाई पहिला केन्द्रीय सदस्य र त्यसपछि उपाध्यक्षमा मनोनित गरेका थिए ।
राप्रपामा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्न अनुशासन समिति मार्फत कारबाही अगाडि बढाउनुपर्छ । असार २६ गतेको एक कार्यक्रममा अध्यक्ष लिङ्देनले भनेका थिए, ‘मनोनित पदहरु अध्यक्षलाई सजिलोका लागि मनोनित गरिएको हो, अध्यक्षलाई अप्ठेरो पार्नका लागि होइन ।’
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



