अघिल्लो दिन अध्यक्षविरुद्ध विज्ञप्ति निकाले, भोलिपल्ट कारबाहीमा परे
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेका छन् ।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले शुक्रबार विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनले गिरीलाई पदमुक्त गरेको जानकारी दिएका छन् ।
बिहीबार मात्र वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री धवलशमशेर राणा, महामन्त्री कुन्तीकुमारी शाही र उपाध्यक्ष गिरीले पार्टी अध्यक्ष लिङ्देनलाई विधान अनुसार चल्न आग्रह गर्दै वक्तव्य निकालेका थिए ।
उनीहरुले नवराज सुवेदीलाई अनुशासन आयोगको अध्यक्ष र सगुन लावतीलाई प्रवक्ताबाट निष्कासन गर्नु विधान विपरीत भएको बताएका थिए ।
यसरी विज्ञप्ति निकालेको भोलिपल्टै उपाध्यक्ष गिरी कारबाहीमा परेका हुन् ।
सुर्खेतका गिरी २०७८ मंसिरमा भएको महाधिवेशनमा केन्द्रीय सदस्यमा पनि चुनाव लडेका थिएनन् । लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि गिरीलाई पहिला केन्द्रीय सदस्य र त्यसपछि उपाध्यक्षमा मनोनित गरेका थिए ।
राप्रपामा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्न अनुशासन समिति मार्फत कारबाही अगाडि बढाउनुपर्छ । असार २६ गतेको एक कार्यक्रममा अध्यक्ष लिङ्देनले भनेका थिए, ‘मनोनित पदहरु अध्यक्षलाई सजिलोका लागि मनोनित गरिएको हो, अध्यक्षलाई अप्ठेरो पार्नका लागि होइन ।’
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






