बागमतीमा कांग्रेस संसदीय दलको नेताको चयन भोलि
नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि बुधबार नै निर्वाचन हुने भएको छ ।
निर्वाचन समितिले साउन १४ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार साउन १४ गते बिहान ८ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारका लागि दरखास्त दिने समय बिहान १० देखि ११ बजेसम्मलाई तोकिएको छ । उम्मेदवारले दिउँसो १२ बजेदेखि १ बजेसम्म नाम फिर्ता लिन पाउनेछ । मतदानको समय भने दिउँसो २ देखि ३ बजेसम्मलाई तोकिएको छ ।
मंगलबार कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाको विश्वास प्रस्तावमाथि मतदान भएको थियो । जसमा लामाको विपक्षमा २२ जना र पक्षमा १५ जनाले मात्र मत दिएपछि उनी पदमुक्त भएका छन् ।
उनी पदमुक्त भएपछि अर्को संसदीय दलको नेता चयनका लागि मतदान हुन लागेको हो । बागमतीमा कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ संसदीय दलको नेताको आकांक्षी छन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






