बागमतीमा कांग्रेस संसदीय दलको नेताको चयन भोलि
नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि बुधबार नै निर्वाचन हुने भएको छ ।
निर्वाचन समितिले साउन १४ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार साउन १४ गते बिहान ८ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारका लागि दरखास्त दिने समय बिहान १० देखि ११ बजेसम्मलाई तोकिएको छ । उम्मेदवारले दिउँसो १२ बजेदेखि १ बजेसम्म नाम फिर्ता लिन पाउनेछ । मतदानको समय भने दिउँसो २ देखि ३ बजेसम्मलाई तोकिएको छ ।
मंगलबार कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाको विश्वास प्रस्तावमाथि मतदान भएको थियो । जसमा लामाको विपक्षमा २२ जना र पक्षमा १५ जनाले मात्र मत दिएपछि उनी पदमुक्त भएका छन् ।
उनी पदमुक्त भएपछि अर्को संसदीय दलको नेता चयनका लागि मतदान हुन लागेको हो । बागमतीमा कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ संसदीय दलको नेताको आकांक्षी छन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






